熱門搜尋

載入中 ...

韻律泳 II / (Nepali) सिन्क्रोनाईज्ड पौडी II

2019-11-18

韻律泳 II / (Nepali) सिन्क्रोनाईज्ड पौडी II

2019-11-18
(Nepali)
सारांश:
रोजित से, हंगकंग सिङ्क्रोनाइज्ड स्वीमिंग समूहकी प्रशिक्षक, आफ्नो जीवनमा पहिलो चोटी यस्तो साहसी प्रयास गर्दै छिन्-- औसत ७३ वर्षका वृद्धहरुलाई तालिम दिई, उनीहरुलाई सिङ्क्रोनाइज्ड स्विमिङको चुनौती लिन दिएर, ता कि उनीहरुको उमेरले बनाएको अवरोध हटाउन सकियोस्। अघिल्लो भागमा, यी आठ वृद्धहरु तालिमको पहिलो चरणबाट पार भएका थिए जसमा उनीहरुले मिड-टर्म परिक्षाको लागि सिङ्क्रोनाइज्ड स्विमिङको पाँच वटा साधारण चालहरु गर्नुपर्ने चुनौती सफलताका साथ पार गरे, जसमा ब्याकस्ट्रोक्स किक्स, लगातार घुम्ने, "हेड फर्स्ट स्कल्स", "एग्बिटर किक्स" र डबल प्याट्र्न थिए। यो भागमा, अन्तिम चुनौतिको लागि उनीहरु लिङ्गका आधारमा दुईवटा समूहमा विभाजित हुन्छन्, जुन पहिलेको चुनौती भन्दा अझै धेरै कठिन हुनेछ। हरेक समूहले एक मिनेट लामो सिङ्क्रोनाइज्ड स्विमिङ अभ्यासको चुनौती सामना गर्नेछ। उनीहरुको प्रदर्शनलाई मुल्यांकन गर्ने मापदण्डहरुमा कलात्मक शैली, अभ्यासको कठिनाइ र प्रस्तुतिको कार्यान्वयन रहेका छन्।

सिङ्क्रोनाइज्ड स्विमिङ एउटा पानीमा खेलिने खेल हो जसले संगीत, व्यायाम, नाच र पौडीका चालहरुलाई समावेश गर्छ। खेलाडीहरुले स्विमिङ पुलको भुईंलाई नछोई बोक्ने, घुम्ने, मोड्ने र सिधा हुने जस्ता चालहरु गर्नुपर्ने हुन्छ। यो निश्चित छ कि यदि खेलाडीहरुले नृत्य सिकेका छन् भने उनीहरुले अरुले भन्दा आधि मेहेनत गरेर दुई गुणा बडी नजिता पाउन सक्छन्। "ड्राइ ल्याण्ड ट्रेनिंग" सिङ्क्रोनाइज्ड स्विमिङको जमीनमा गरिने एउटा अभ्यास हो, जो नृत्यको स्वरूपमा हुन्छ। पानीमा गर्नु पर्ने हरेक अभ्यासहरुलाई जमिनमै सिक्दा खेलाडीहरुले अझै राम्रो संग बुझ्न सक्छन्। वृद्धहरुका लागि, हात घुमाए जस्तो पौडी निकै सजिलो लाग्न सक्छ, तर नृत्य बिल्कुलै फरक कुरा हो।

सिङ्क्रोनाइज्ड स्विमिङको लागि चाहिने विशेषताहरु जस्तै गति, चपलता, लचकता र समन्वय सबै उमेरसंग सम्बन्धित छन्। यी कठिनाइहरुलाई जित्नको लागि, यी वृद्धहरु संग कडा तालिम गर्नु बाहेक अरु कुनै विकल्प छैन। पौडी खेल्ने पुलमा गर्ने तालिम बाहेक, उनीहरु हरेक दिन समुन्द्र किनारमा पनि अभ्यास गर्छन्। के मेहेनत र लगनले उनीहरुले आफ्नो उमेरको घेरालाई तोड्दै, दर्शक सामु एक मिनेट सम्म सुन्दर र शिष्ट सिङ्क्रोनाइज्ड स्विमिङको अभ्यास देखाएर यस खेलको इतिहासमा नयाँ कथा कोर्न सक्लान्?


प्रसारण सुचना:
18-11-2019, सोमबार, 1730-1800

(पुन: प्रसारण)
21-11-2019, बिहिवार, 0630-0700
22-11-2019, शुक्रबार, 1030-1100


香港韻律泳隊教練謝詠詩作出人生第一次大膽嘗試,首次訓練一班平均年齡超過73歲的公公婆婆,逆齡挑戰韻律泳。上一集,八位公公婆婆經過第一階段的訓練,成功挑戰中期測試的五個基本動作,包括背泳踢腳、水桶轉、頭行先搖櫓、水車輪及雙人圖案。今集,他們面對難度更高的終極挑戰,他們將會分成男女兩組,各自挑戰一分鐘的集體韻律泳,最終以藝術表現分、難度分、以及完成分作評分標準。

韻律泳畢竟是一種結合了音樂、體操、舞蹈、和泳式的水上運動,運動員必須在離地的水中做出許多托舉、旋轉、彎曲、倒立等動作,如運動員有跳舞底子肯定事半功倍。陸上模仿是韻律泳其中一項仿跳舞的陸上訓練,運動員可以透過模仿水中泳式,令他們更加清楚掌握每個動作細節。之不過,游泳對公公婆婆可能易如反掌,要他們跳舞可能是另一回事。

韻律泳要求的原素,包括速度、靈活度、柔韌度、合拍度等等,似乎都與年齡掛勾,要成功挑戰難度,公公婆婆惟有以勤力搭夠,除了在泳池訓練,也加緊每天在海灘操練。到底,勤力加決心,能否突破年齡的框框,最終在觀眾面前表演一分鐘優美典雅的韻律泳,為韻律泳界寫上破天荒的一章?

播映日期:
18-11-2019, 星期一, 1730-1800
(重播)
21-11-2019, 星期四, 0630-0700
22-11-2019, 星期五, 1030-1100

全民動起來 (尼泊爾字幕)

  • 視像
  • 英文
  • 體育
  • 已完結
(Nepali)
“खेलकुद हामी सबैका लागि सहभागी हुनको लागि हो”। समाजको लागि आफ्नो खेलको विशेषज्ञता द्वारा योगदान दिने खेलाडीहरुका लागि सर्वसाधारणले अग्रसर भएर आफ्नो समर्थन व्यक्त गरिरहेका छन्। यस कार्यक्रमले विभिन्न खेलकुदमा संलग्न विशिष्ट खेलाडीहरुलाई आफ्नो सिपको उपयोग गर्दै विधार्थी र सर्वसाधारणलाई व्यावसायिकता द्वारा निर्देशन दिन स्कूल र समुदायहरुमा आमन्त्रण गर्नेछ। खुसी र कठिनाइले भरिएको तालिमको अवधिलाई रियालिटी शोको ढांचामा छायांकन गरेर, यस कार्यक्रमले दर्शकलाई खेलकुदमा हुने चुनौतीहरु र रमाइलो पक्षको स्वाद दिनेछ। हामी आशा गर्दछौं कि समाजमा खेलकुदको उत्थान गर्नुका साथै, दर्शकको खेलकुदको विषयमा ज्ञान पनि बढ्नेछ, ताकि “खेलकुद सबैका लागि” भन्ने हाम्रो संदेशले मुर्त रुप लिन सकोस्।


市民積極支持運動員,而運動員也致力推廣運動,以一己之長回饋社會。本節目將邀請不同項目的運動精英,走進校園及社區,以專業的態度指導學生及市民。節目以真人騷形式拍攝有樂有苦的訓練過程,讓觀眾體會運動的挑戰及樂趣,並希望在普及運動的同時,也豐富觀眾的運動知識,實現「全民動起來」。
回頁頂