熱門搜尋

載入中 ...

籃球 / (Nepali) बास्केटबल

2019-09-16

籃球 / (Nepali) बास्केटबल

2019-09-16
(Nepali)
सारांश
बास्केटबल हङकङमा प्रचलित खेल हो, जसमा शारीरिक ताकत, गति, सहकार्य, सिप र उचाई एकीकृत हुन्छ। हङकङमा ३-अन-३ हाफ-कोर्ट बास्केटबल सामान्यतया बाहिर बास्केटबलको मैदानमा खेलिन्छ, जसले खेलाडीहरुलाई आफ्नो व्यक्तिगत सिप प्रस्तुत गर्ने मौका दिन्छ। तथापि, आधिकारिक ५-अन-५ फुल-कोर्ट खेलको लागि व्यक्तिगत सिप भन्दा बढि पनि केहि चाहिन्छ। यसले खेलाडीहरुको शारीरिक क्षमता, सहकार्यका साथै खेलको रणनीतिको समेत परिक्षण गर्दछ।


सबैका लागि प्रशिक्षक- लि का-यिउ
लि का-यिउ हङकङको ए-१ डिभिजनका पेशेवर बास्केटबल खेलाडी थिए, र उनी हङकङ बास्केटबल समूहको समेत सदस्य रहिसकेका छन्। ६ फुट १ इन्च उचाइ रहेका, उनले चौथो स्थानमा रहेर खेल्ने गर्थे, र पावर फरवार्डमा खेल्ने सबैभन्दा होंचो खेलाडी भनेर पनि चिनिन्थे। लि का-यिउ बास्केटबल प्रेमी हुन्, र अवकाश पछि बास्केटबल प्रशिक्षक बनेका छन्। बास्केटबल खेलको सम्पदालाई अगाडी बढाउने क्रमलाई निरन्तरता दिनको लागि उनी एस सी ए ए बास्केटबल टिमको ए-१ डिभिजनका सहायक प्रशिक्षक बनेका छन्। उनको अनुसार लगन र निरन्तर तालिमले, हरेकले आफ्ना प्राकृतिक शारीरिक कमजोरीहरु माथि विजय प्राप्त गरेर अरु खेलाडीहरुको तुलनामा आउन सक्छन्।


सबैका लागि खेलाडी- किरिन समूह
किरिन समूह १२ देखि १७ वर्षका सदस्यहरु रहेको एउटा बास्केटबल समूह हो जुन करिब एक वर्ष पहिले सामाजिक कार्यकर्ताहरुको मद्दतबाट स्थापित भएको थियो। अरु माध्यमिक विधालयको बास्केटबल समूह भन्दा भिन्न, किरिन समूहले सदस्य छनोट गर्न न विशिष्ट शारिक बनावट हेर्छ, न त नियमित तालिम नै गर्छ, किनभने यो समूहको स्थापनाको उदेश्य बास्केटबलको रमाइलोमा रम्दै आफ्नो आत्मबल, विश्वास र अनुसाशनको विकास गर्नु थियो। साथै, स्रोतको अभावका कारण यस समूहले कुनै पेशेवर तालिम समेत लिएको छैन। हरेक ढंगबाट यस समूहको प्रदर्शनी तल्लो भए तापनि, उनीहरु हरेक चुनौतीको सामना गर्छन् र विभिन्न प्रतियोगिताहरुमा अग्रसर भएर हिस्सा लिने गर्छन्। राम्रो तालिम प्राप्त गरेर उनीहरु "सजिलो टोली" को उपमाबाट मुक्त हुन चाहन्छन्।

यो शृंखलामा, ला का-यिउले किरिन समूहलाई ६ महिनाको अवधिमा प्रशिक्षण गर्दछन्, ता कि सदस्यहरुले आफ्नो व्यक्तिगत सीप र शारीरिक क्षमता, र सहकार्यको विकास गर्दै, लगन र मेहेनत भए "सबैका लागि खेलकुद" भन्ने सन्देशको प्रमाण दिनेछन्। किरिन समूहको हरेक सदस्यको परिक्षण हुनुका साथै उनीहरुले दिईएको समयमा बल पास गर्ने, ले-अप शट र शुटिङ्ग पूर्ण गर्नुपर्ने छ, जसको लक्ष्य किरिन समूहको हरेक पक्षको विकास हो। उनीहरुले मिडिएटर समूहबाट अन्तिम चुनौती स्विकार्नु पर्ने छ। हाम्रा संचालक नङ का-हिमको साथ मिडिएटर समूहले एक अर्कासंग बास्केटबलको सीप सिक्ने वातावरण बनाई मैत्रीभावको स्थापना गर्छ।

प्रसारण सुचना:
16-09-2019, सोमबार, 1730-1800

(पुन: प्रसारण)
19-09-2019, बिहिवार, 0630-0700
20-09-2019, शुक्रबार, 1030-1100


全民動起來-籃球
籃球這項運動在香港十分流行,是一項綜合體力、速度、合作、技術及身高的運動。香港的室外運動場,一般用作進行3對3的半場比賽,讓球員更能發揮個人技術。不過,正規的5對5全場比賽所要求的卻不只是個人技術,對球員的體能、團隊合作,以至戰術及策略也有很高要求。

全民教練-李嘉耀
李嘉耀,曾是香港甲一組的職業籃球員,亦曾擔任香港籃球代表隊成員。他以6呎1吋的身高,擔任4號的位置,被諷刺為最矮的大前鋒。李嘉耀熱愛籃球,退役後晉身籃球教練,堅持把籃球運動傳承下去,現在更是甲一籃球隊南華隊的助教。他相信,只要透過堅持和刻苦的訓練,每個人都可以克服先天的不足,與其他球員一較高下。

全民運動員-麒麟隊
麒麟隊是一隊由社工協助成立,成軍只有一年多的青年球隊,成員介乎12至17歲。與一般中學校隊不同,球隊沒有刻意挑選體形優秀的人來擔任球員,也沒有定時訓練,球隊成立旨在隊員能夠享受打籃球的樂趣、提升成員的自尊、自信及紀律。另外,麒麟隊因受資源所限,所以沒有接受專業的訓練。雖然球隊在各方面都稍遜一籌,但仍然屢敗屢戰,積極參加各項比賽。他們希望透過專業訓練,不再做「魚腩部隊」。

在本集中,李嘉耀教練會花半年時間指導和訓練麒麟隊,讓球員提升個人技巧、體能和促進團隊合作,證明只要有決心,人人都可以「全民動起來」。麒麟隊的成員需要接受測試,並在指定時間內完成傳球、走籃和射籃,以期在各方面都得到顯著改善。他們更要接受終極挑戰,與喜歡以波會友的傳媒籃球隊,即主持伍家謙也參與其中的Mediator作賽,切磋球技。

播映日期:
16-09-2019, 星期一, 1730-1800
(重播)
19-09-2019, 星期四, 0630-0700
20-09-2019, 星期五, 1030-1100

全民動起來 (尼泊爾字幕)

  • 視像
  • 中文
  • 體育
  • 未完
(Nepali)
“खेलकुद हामी सबैका लागि सहभागी हुनको लागि हो”। समाजको लागि आफ्नो खेलको विशेषज्ञता द्वारा योगदान दिने खेलाडीहरुका लागि सर्वसाधारणले अग्रसर भएर आफ्नो समर्थन व्यक्त गरिरहेका छन्। यस कार्यक्रमले विभिन्न खेलकुदमा संलग्न विशिष्ट खेलाडीहरुलाई आफ्नो सिपको उपयोग गर्दै विधार्थी र सर्वसाधारणलाई व्यावसायिकता द्वारा निर्देशन दिन स्कूल र समुदायहरुमा आमन्त्रण गर्नेछ। खुसी र कठिनाइले भरिएको तालिमको अवधिलाई रियालिटी शोको ढांचामा छायांकन गरेर, यस कार्यक्रमले दर्शकलाई खेलकुदमा हुने चुनौतीहरु र रमाइलो पक्षको स्वाद दिनेछ। हामी आशा गर्दछौं कि समाजमा खेलकुदको उत्थान गर्नुका साथै, दर्शकको खेलकुदको विषयमा ज्ञान पनि बढ्नेछ, ताकि “खेलकुद सबैका लागि” भन्ने हाम्रो संदेशले मुर्त रुप लिन सकोस्।


市民積極支持運動員,而運動員也致力推廣運動,以一己之長回饋社會。本節目將邀請不同項目的運動精英,走進校園及社區,以專業的態度指導學生及市民。節目以真人騷形式拍攝有樂有苦的訓練過程,讓觀眾體會運動的挑戰及樂趣,並希望在普及運動的同時,也豐富觀眾的運動知識,實現「全民動起來」。
回頁頂